नियम १२
अनुसन्धान तहकिकात

(१) आयोग समक्ष पर्न आएको उजुरी निवेदन गाम्भिर्यताको आधारमा वा नियम ११ बमोजिम प्रारम्भिक छानविन प्रतिवेदनको आधारमा आयोगले त्यस्तो विषयमा अनुसन्धान तहकिकात गर्नु पर्ने देखेमा अनुसन्धान तहकिकात सम्पन्न गर्नु पर्ने अवधि, अनुसन्धान सम्बन्धी आवश्यक कार्यनिर्देश तथा आवश्यक सहयोगी कर्मचारीको नाम समेत उल्लेख गरी अनुसन्धान अधिकृत तोक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकृत तोक्दा अनुसू्ची–२ बमोजिमको ढाँचामा तोक्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम तोकिएको अवधि भित्र अनुसन्धान तहकिकात  सम्पन्न हुन नसकेमा सम्बन्धित अनुसन्धान अधिकारीले त्यसको उचित कारण समेत खोली थप म्याद वा निर्देशनको निमित्त आयोग समक्ष अनुरोध गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम थप म्यादको लागि अनुरोध भईआएमा आयोगले आवश्यक निर्देशन सहित थप म्याद दिन सक्नेछ ।
(५) अनुसन्धान अधिकृतले आवश्यकता अनुसार सम्पत्ति शुद्दीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा १९ग. मा.लेखिए बमोजिम देहायका विशेष अनुसन्धान विधि अवलम्बन गर्न सक्नेछ: -

(क) नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलिभरी),

(ख) सुराकी परिचालन,

(ग) गुप्न अनुसन्धान कारबाही (अण्डर कभर अपरेशन),

(घ) टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने (इन्टरसेप्सन),

(ङ) थप प्रमाण तथा सूचना हासिल गर्ने उद्देश्यले तत्काल पक्राउ नगर्ने (अरेस्ट वेभर),

(च) कम्प्यूटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच।